महिला एसियन कपको छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने

फुटबल

काठमाडौं, असार १० : भारतमा सन २०२२ मा हुने महिलाहरुको एएफसी एशियाली कप फुटबल छनौटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको भर्चुल ड्र अनुसार नेपाल समूह एफमा परेको हो ।

फिफा बरियतामा फिलिपिन्स ६८औं तथा हङकङ ७६औं स्थानमा छ । दुवै टोली १०१औं स्थानको नेपालभन्दा माथि छन् । नेपालले यसअघि तीन पटक एसिया कप खेलेको थियो । सन् १९८६ मा पहिलो पटक सहभागिता जनाएको नेपालले १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो र तर एक खेल पनि जित्न सकेको थिएन ।

छनौट चरणका खेल आगामी सेप्टेम्बरको १३ देखि २५ तारिखसम्म हुनेछ । महिला एशियाली कप सन २०२२ को जनवरी २० देखि फेव्रेवरी ६ तारिखसम्म हुने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
2
+1
2
+1
0