यूईएफएले ‘अवे गोल’को नियम हटायो, के हो ‘अवे गोल’को नियम ?

फुटबल

काठमाडौं : अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा युरोपेली फुटबल महासंघ (यूईएफए)ले अवे गोलको नियम हटाउने भएको घाेषणा गरेकाे छ। युईएफएले १९६५ देखि लागू भएको ‘अवे गोल’ रद्द गर्ने निर्णय गरेको हो।

दुवै लेग बराबरी भएको अवस्थामा विपक्षी मैदानमा बढी गोल गर्ने टोलीलाई विजेता घोषित गर्ने नियम अवे गोलको नियम हो। यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउने प्रस्तावलाई स्वीकृति दिएको छ । युईएफएको कम्पिटिसन कमिटीले मेमा यसबारे प्रस्ताव गरेको थियो र त्यसलाई कार्यकारी समितिले स्वीकृत गरेको हो ।

अब लिगको खेल बराबरी भए अतिरिक्त समयमा जानेछ र टाइब्रेकर लागु हुने यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले जानकारी दिए। यो नियम सबै युईएफएद्वारा सञ्चालित प्रतियोगितामा लागू हुने उनको भनाइ छ। यसले खेलमा थप रोमाञ्चकता थप्ने पनि उनले अपेक्षा गरे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
4
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *