त्रिकोणात्मक सिरिज स्थगित हुँदा सन्दीप लामिछानेलाई फाईदा

क्रिकेट

काठमाडौं । स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित हुदा नेपाली स्पिनर सन्दीप लामिछानेको लागि भने ठुलो फाईदा भएको छ ।

साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने भनिएको उक्त शिरिज स्थगित हुदा सन्दीपले अब भने ‘द हन्ड्रेड’ लिगको सम्पुर्ण खेलहरु खेल्न पाउने भएका छन् । अन्यथा त्रिकोणात्मक शिरिज स्थगित नभएको भए सन्दीपले ‘द हन्ड्रेड’ को सुरुवाती केहि खेल गुमाउनु पर्ने थियो ।

सन्दीपआवद्ध ओभलले आफ्नो पहिलो म्याच २२ जुलाईमा खेल्दैछ । उसले उद्घाटन खेलमा म्यानचेस्टरको सामना गर्नेछ । सन्दीपले यही ९ जुनदेखि सुरु भएको इंग्ल्याण्डकी टी-२० ब्लास्ट पनि गुमाएका थिए । सो प्रतियोगिता भने उनले भिसाको ढिलाईले गुमाएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged