कोपा अमेरिका : पाराग्वे र उरुग्वे विजयी

कोपा अमेरिका फुटबल

काठमाडौँ । जारी कोपा अमेरिका अन्तर्गत पराग्वेले चिलीमाथि शानदार जित हासिल गरेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेकाे हाे ।

पाराग्वेका लागि सामु र मिगुएल अल्मिरोनले एक/एक गोल गरे । योजितसँगै पराग्वे समुह ए बाट क्वाटर फाइनलमा पुगेको छ । पराग्वेको ३ खेलमा ६अंक छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको छ । उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ । उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो । समुह ए मा रहेको उरुग्वेसहित यस समुहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटर फाइनलमा पुगिसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0