गोल्डेन बुटमा रोनाल्डोको दाबेदारी मजबुत, यी हुन् अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडीहरु

फुटबल युरो कप

एजेन्सी । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को भोली शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणका खेल सकिँदा १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा आठ टिम प्रतियोगिताबाट बाहिरिएका छन्। टर्की, रूस, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगरी समूहको पुछारमा रहे। स्लोभाकिया र फिनल्यान्ड तेस्रो स्थानमा रहेर पनि बाहिरिए। ६ समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमले मात्र नकआउटमा स्थान बनाउँछन्।

समूह चरणका खेलहरु सकिएसँगै युरोकप २०२० को सर्वाधिक गोलकर्ता को बन्ला भन्ने चर्चा शुरु भइसकेको छ। नकआउट चरणका खेलहरुमा धेरै गोल हुने सम्भावना कम रहेकाले समूह चरणका खेलपछि नै सर्वाधिक गोलकर्ताको चर्चा शुरु भएको हो।

हाल, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। उनले प्रतियोगितामा ५ गोल गरिसकेका छन्। धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा चेक रिपब्लिकका प्याट्रिक सिक रहेका छन्। उनले प्रतियोगितामा ३ गोल गरेका छन्।

त्यस्तै, स्विडेनका इमिल फोर्सबर्ग, बेल्जियमका रोमेलु लुकाकु, नेदरल्याण्डस्का जर्गिनियो विज्नाल्डम, पोल्याण्डका रोबर्ट लेवान्डोस्की क्रमश तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन्। पोल्याण्ड समूह चरणबाट बाहिरिएका कारण लेवान्डोस्कीले अब थप गोल गर्ने छैनन्।

अन्तिम १६ को खेल तालिका

१२ गते शनिबार : वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५)
१२ गते शनिबार : इटालीविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे)
१३ गते आइतबार : नेदरल्याण्डविरुद्ध चेक रिपब्लिक (राति ९ः४५)
१३ गते आइतबार : बेल्जियमविरुद्ध पोर्चुगल (राति १२ः४५ बजे)
१४ गते सोमबार : क्रोएसियाविरुद्ध स्पेन (राति ९ः४५)
१४ गते सोमबार सोमबार : फ्रान्सविरुद्ध स्विटजरल्याण्ड (राति १२ः४५ बजे)
१५ गते मगंलबार : इङल्याण्डविरुद्ध जर्मनी (राति ९ः४५)
१५ गते मगंलबार : स्विडेनविरुद्ध युक्रेन (राति १२ः४५ बजे)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
9
+1
1
+1
0
+1
0
+1
0
+1
0