आफ्नै कीर्तिमान बराबरी गरेपछि अली दाइले रोनाल्डोलाई दिए बधाई

फुटबल

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने आफ्नो कीर्तिमान बराबरी गरेपछी इरानका खेलाडी अली दाइले रोनाल्डोलाई बधाई दिएका छन्। फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका थिए।

दाइले इन्स्टाग्राममा लेखेका छन् ‘बधाई क्रिस्टियानो रोनाल्डो। जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट मात्र एक गोल टाढा छन्। यो रोनाल्डोको उल्लेखनीय उपलब्धि हो। उनी फुटबलको महान् च्याम्पियन हुन्, विश्वभरि जीवनलाई प्रभावित गर्ने र प्रभाव पार्ने मानव हुन्,’ ।

दाइले यसअघि पनि विभिन्न अवसरमा यदि रोनाल्डोले आफ्नो कीर्तिमान तोडेमा आफू खुशी हुने प्रतिक्रिया दिएका थिए । उनले रोनाल्डोलाई इतिहासको उत्कृष्ट तीनमा डिएगो म्याराडोना र लिओनल मेसीसँग राखेका छन् ।

सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन सफल भएका छन् । रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
4
+1
2
+1
0
+1
1
+1
2
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *