सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का

मार्शल आर्ट

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक विजेता सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ। सोनियाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले बताएको छ ।

सन् २०१९ मा मोरोक्कोमा सम्पन्न विश्व जुडो च्याम्पियनशिपमा इतिहास रचेकी सोनियाले १३औं सागमा नेपालको लागि काश्य पदक हात पारेकी थिइन्। याेसँगै जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ टोकियो ओलम्पिकमा ५ नेपालीले भाग लिने पक्का भएकाे छ।

यसअघि सुटिङकी कल्पना परिवारले वाइल्ड कार्ड पाएकी थिइन्। यी दुईसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपिचन्द पार्कीले ओलम्पिक खेल्ने पक्का भएको हो । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
3
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *