युरोकपमा आजबाट नकआउट चरणको खेलहरु सुरु, नेपालीसमय अनुसार यस्तो छ खेल तालिका

फुटबल युरो कप

काठमाडौं, असार ११ : युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्। अन्तिम १६ को पहिलो खेल आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् ।

त्यस्तै आजै राति हुने दोस्रो खेलमा इटली र अस्ट्रिया आमनेसामने हुनेछन्। वेम्बली स्टेडियममा समूह ‘ए’को विजेता इटली र समूह ‘सी’ को उपविजेता अस्ट्रिया राति पौने १ बजे आमनेसामने हुनेछन्।

पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् । समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

नेपालीसमय अनुसार यस्तो छ खेल तालिका

वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे – आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे – लन्डन

नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे- बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे- सेभिया

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे- कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे – बुचारेस्ट

इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे – लन्डन
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे- ग्लाजगो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
4
+1
7
+1
1
+1
2
+1
4