युरोकपमा आज वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटाली भिड्दै, कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं, असार ११ : युरोकप २०२० अन्तर्गत आजबाट नकआउट चरणका प्रतिस्पर्धा सुरु हुँदै छन् । आज राति पौने १० बजे वेल्स र डेनमार्कले बीच पहिलो खेल हुँदैछ। वेल्स र डेनमार्कबीच नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने खेलमा दुबै टोली जित निकाल्दै अन्तिम आठमा पुग्ने दाउमा हुनेछन् डेनमार्क समूह ’बी’ का ३ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

त्यस्तै पौने १ बजे आजै इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुने छ । इटाली समूह ’ए’ का सबै खेल विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रिया भने ३ खेलमा ६ अंक बटुलेर समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आज हुने खेलहरु

वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे – आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे – लन्डन

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0