फिफाको वरीयतामा नेपालको एक स्थान सुधार, शीर्ष १०० भित्र प्रवेश

फुटबल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरियतामा एक स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लेको छ ।

अघिल्लो पटकको बरियतामा नेपाल १ सय १औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ। दक्षिण एसिया नेपाल भारतपछि दोस्रो स्थानमा छ भने एसियामा २१औं स्थानमा छ । भारत ५७औं स्थानमा छ ।

२०७६ मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा भारतसँग पराजित भएको महिला टोलीले रजत पदक जितेको थियो। त्यसयता महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन।

नेपालले आगामी सेप्टेम्बरमा एएफसी वुमन्स एसियन कप छनोट खेल्दैछ । त्यसमा समूह एफमा रहेको नेपालले घरेलु मैदानमा हङकङ र फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्स ६८औं र हङकङ ७६औं स्थानमा यथावत छन् । फिफा महिला वरियताको शीर्षस्थानमा अमेरिका छ। दोस्रो स्थानमा जर्मनी, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौं स्थानमा स्विडेन रहेको छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1