डेनमार्क भर्सेज वेल्स ! ‘हेड टु हेड’मा डेनमार्क अगाडी

फुटबल युरो कप

काठमाडौं, असार ११ : १६ औं संस्करणको युरोकप फुटबलमा नकआउट चरणको पहिलो खेल नेदरल्यान्ड्सको आम्स्टर्डममा आज राति ९:४५ बजे वेल्स र डेनमार्कबीच हुँदेछ। वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो।

त्यस्तै पहिलो खेलमा फिनल्याडसँग अप्रत्यासित १–० को नतिजा व्यहोरेको डेनमार्कले बेल्जियमविरुद्ध सशक्त प्रदर्शन गर्‍यो । तर, डेनमार्क खेलमा २–१ ले पराजित भयो । अन्तिम खेलमा रुसविरुद्ध ४–१ को ठूलो अन्तरको जितसहित डेनमार्क मुस्किल अवस्थाबाट अघि बढेको टोली हो । त्यसैले डेनमार्कले प्रतियोगिताको अघिल्लो चरणको खेलमा पनि त्यस्तै प्रदर्शन दोहोर्‍याउने अपेक्षा धेरैको छ ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ । वेल्सले सन् २००८ को मैत्रीपूर्ण खेलमा १-० जित हात पारे यता डेनमार्कमाथि जित निकाल्न सकेको छैन । त्यसयता सन् २०१८ मा युइएफए नेसन्स लिग अन्तर्गत भएका दुवै भेटमा डेनमार्क विजयी भएको थियो ।

वेल्सको युरोकप यात्रा

-स्विजरल्यान्डविरुद्ध १–१ को बराबरी
-टर्कीविरुद्ध ०–२ ले विजयी
-इटालीविरुद्ध १–० ले पराजित

डेनमार्कको युरोकप यात्रा

-फिनल्यान्डविरुद्ध १–० ले पराजित
-बेल्जियमविरुद्ध २–१ ले पराजित
-रुसविरुद्ध १–४ ले विजयी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0