कोहली र बलटरबिच भनाभन

क्रिकेट

अहमदाबाद: टीम इंडियाका कप्तान विराट कोहली र ङड्ल्याणडका ओपनर जोस बटलर बिच शनिवार भएको टि-२० खेलको क्रममा भनाभन भएको छ । भारतले दिएको २२५ रनको लक्ष्य पछयाउँदै ङड्ल्याणडका ओपनर जोस बटलर र डेभिड मलानले १३० रनको साझेदारी गर्दै टिमलाई जित तर्फ लादै थिए ।

तर खेलको १३ औं ओभरमा भुवेश्वरको बलमा आउट भएपछि पवेलियन फर्किने क्रममा केहि भनिरहेका थिए । त्यहि छेउमा भएका कोहलीले उक्त कुरा सुनेपछि रिसले आगो हुदै केहि कमेन्ट गरे । यो देखेर कोहलीसँग भिड्न बटलर पनि पिचमा फर्किए । र दुबै खेलाडी बिच भनाभन भएको थियो ।

यद्यपि दुबै बिचको झगडाको कारण थाहा हुन सकेको छैन। यस पछि कोहली अंपायरसँग कुरा गर्दै थिए। बटलर आउट भएपछि इङ्ल्याण्डको पारी धराशायी भयो र निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८८ रनमा समेटियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0