इटाली भर्सेज अष्ट्रिया ! ठुलो किर्तिमान नजिक इटाली

फुटबल युरो कप

काठमाडौं, असार ११ : १६ औं संस्करणको युरोकप फुटबलमा नकआउट चरणको दोस्रो खेलमा इटाली र अष्ट्रिया बीच आज राती १२ः४५ बजे इंग्ल्यान्डको वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।

इटाली समूह ’ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । अष्ट्रिया भने समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो । यसअघि दुई पटक युरो कप खेल्दा अस्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो।

अस्ट्रियाविरुद्ध मैदान उत्रिँदा इटालीको नजर क्वाटरफाइनलका साथै एक खास कीर्तिमानमा पनि हुनेछ । यदि इटालीले यो खेलमा जित हात परे आफ्नो फुटबल इतिहासमा सवैभन्दा धेरै खेलसम्मको अपराजित यात्रा तय गर्नेछ ।

इटालीले अस्ट्रियाविरुद्ध जित निकालेको खण्डमा ३१ खेलसम्म अपराजित रहने कीर्तिमान बनाउने छ । इटालीले पछिल्ला ३० खेलमा २५ जित र ५ बराबरीको नतिजा निकालेको छ । उसले पछिल्ला ११ खेलमा लगातार जित निकलेको थियो। ती ११ वटै खेलमा इटालीले गोल पनि खाएको छैन।

इटालीको युरोकप यात्रा

– टर्कीविरुद्ध ०–३ ले विजयी
– स्विट्जरल्यान्डविरुद्ध ०–३ ले विजयी
– वेल्सविरुवद्ध ०–१ ले विजयी

अस्ट्रियाको युरोकप यात्रा

– नर्थ मेसोडोनियाविरुद्ध १–३ ले विजयी
– नेदरल्यान्ड्सविरुद्ध २–० ले पराजित
– युक्रेनविरुद्ध ०–१ ले विजयी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0