यस्तो इटाली र अष्ट्रियाबिचको ‘हेड टु हेड’

फुटबल युरो कप

काठमाडौं, असार ११ : युरो कपको अन्तिम १६ अन्तर्गत शनिबार हुने खेलमा इटालीले अस्ट्रियाको सामना गर्दैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले इतिहास बनाइसकेको छ। यसअघि दुई पटक युरो कप खेल्दा अस्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो। अष्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो ।

यी दुई टोलीले एकअर्काविरुद्ध अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा गरेका छन् । जसमध्ये १६ खेलमा इटाली र ११ खेल अस्ट्रियाले जितेको छ । बाँकी आठ खेल बराबरीमा रोकिएका छन् । अस्ट्रियाले धेरै खेलमा पराजय व्यहोरे पनि इटालीविरुद्ध बढी गोल गरेको छ । इटालीविरुद्ध ४८ गोल व्यहोरेको अस्ट्रियाले उसको विरुद्ध ५० गोल गरेको छ ।

यी दुई टोलीले युरोकपमा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । युरोकपको नकआउट चरणमा दुई टोलीले पहिलोपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । इटाली र अस्ट्रियाले यसअघि सन् २०१६ को युरोकपको समूहगत चरणमा दुईपटक प्रतिस्पर्धा गरेका थिए । दुईमध्ये पहिलो खेलमा इटालीले २–१ को जित हात पार्दा दोस्रो खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

के भन्छन् प्रशिक्षक ?

फ्रान्को फोडा, अस्ट्रियाः  ‘अब फेरि अर्काे प्रतियोगिता सुरु भएको छ । यदि, खेलाडीहरूले अहिले खेलेको जस्तै खेले भने म खुसी हुनेछु । मैले उनीहरूबाट चाहेको त्यही हो । सबै खेलाडी लयमा छन् । राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।’ इटलीसँग यस्तो टोली छ, जसले मलाई अत्याधिक प्रभावित गरेको छ । उनीहरु राम्रो आक्रमण गर्छन्, उनीहरुको पोजिसनिङ ठिक र एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा पनि उनीहरु निकै बलियो छन् । समूहको अन्तिम खेलमा टोलीमा ठूलो हेरफेर गरेर पनि उनीहरु निकै शक्तिशाली देखिए । उनीहरु खतरनाक टोली हुन् ।

रोबर्टाे म्यान्सिनी, इटलीः अस्ट्रिया निकै आक्रामक छ । उनीहरु निकै स्तरीय छन् । हामीले निकै ठूलो खेल खेल्नुछ । यो प्रतिस्पर्धाको यस्तो ठाउँ हो, जहाँ तपाईले कुनै गल्ति गर्नुहुँदैन । प्रतियोगिताको सुन्दरता नै यही हो । तपाईले बल जफ्तीपूर्वक जित्नुपर्छ, अर्को विकल्प छैन ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0