पहिलो हाफसम्म डेनमार्क १-० ले अगाडि, के दोस्रो हाफमा वेल्सले कमब्याक गर्ला ?

फुटबल युरो कप

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरणको पहिलो खेलमा अहिले डेनमार्क र वेल्ड भिडिरहेका छन् । खेलको पहिलो हाफसम्म डेनमार्कले १-० को अग्रता कायम गरेको छ । खेलको २७औँ मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन् । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ । वेल्सले सन् २००८ को मैत्रीपूर्ण खेलमा १-० जित हात पारे यता डेनमार्कमाथि जित निकाल्न सकेको छैन । त्यसयता सन् २०१८ मा युइएफए नेसन्स लिग अन्तर्गत भएका दुवै भेटमा डेनमार्क विजयी भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0