‘साम्बा’ घुँडाको उपचारको लागि कतार प्रस्थान

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपीएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको उपचारको लागि कतारको दोहा प्रस्थान गरेकी छिन्। शनिबार उनी नेपाल वायुसेवा निगमको जहाजबाट कतार प्रस्थान गरेकी हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रालाई बुधबार नै बिदाइ गरेको थियो।

राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्राले चोट बोकेकी थिइन् । सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । सावित्राको चाहनामा एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो ।

कतार फुटबल संघको सहयोगमा विमल घर्तीमगर र विक्रम लामाको जस्तै सावित्राको शल्यक्रिया पनि अब कतारमा हुनेछ । विमल अहिले पनि कतारमै छन् भने विक्रम फर्किसकेका छन् । सावित्राले घँडाको नियमित फिजियोथेरापी गरिरहेकी छन् । विश्व खेलकुदमै ख्याति प्राप्त कतारको दोहास्थित अस्पेटारमा सावित्राको शल्यक्रिया हुनेछ ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी हुन्। उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छिन्। उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *