वेल्सलाई ४-० गोल अन्तरले हराउँदै १७ वर्षपछि डेनमार्क युरोकपको क्वाटरफाईनलमा

फुटबल युरो कप

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरणको पहिलो खेलमा डेनमार्कले वेल्सलाई पराजित गर्दै डेनमार्क १७ वर्षपछि युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले हराएको हो। सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे। जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे। खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा डेनमार्कले पुनः दुई गोल थप्यो। ८८ औँ मिनेटमा जोएकिम माएलेले र अतिरिक्त समयमा मार्टिन ब्रेथवेटले गोल गर्दा डेनमार्कले खेल ४-० ले आफ्नो पक्षमा पार्‍यो। उनले पेनाल्टी क्षेत्रभित्र वार्डलाई बिट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे। रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) रिभ्युबाट गोलले मान्यता पाएको थियो।

खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए। विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। वेल्सले अब नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ। वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0