इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतले जित्यो

क्रिकेट

अहमदाबाद : इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज भारतले ३–२ ले भारतले जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । उसका लागि जोस बटलरले ५२ रन र डविड मलानले ६८ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २२४ रन जोड्यो।

भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय अर्धशतकीय पारी खेलेका थिए । यस्तै त्यस्तै ३४ बल खेलेका रोहितले ४ चौका र ५ छक्काको सहयोगमा ६४ रन बनाए । हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए ।

बलिङमा इंग्ल्यान्डका अदिल रासिद र बेन स्टोक्सले १-१ विकेट लिए। यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी-ट्वान्टी पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ग्ल्याण्डले जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0