नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटालि युरोकपको क्वार्टरफाइनलमा, अष्ट्रिया २-१ ले पराजित

फुटबल युरो कप

काठमाडौं, असार १३ : इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियामाथि २-१ को जित निकाल्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए।

इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो । आर्सबीको पासमा माटेओ पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0