८२ वर्ष पुरानो कीर्तिमान भंग, ३१ खेलमा अपराजित इटाली

फुटबल युरो कप

काठमाडौं, असार १३ : लगातार ३१ खेल अपराजित रहँदै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो ।

इटलीले लगातार अपराजित रहने ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोडेको छ । लगातार ३१ खेलसम्म अपराजित इटलीले यसअघि १९३५-३९ मा आफैले बनाएको ३० खेलको कीर्तिमान तोडेको हो । र यही समय उसले ओलम्पिक स्वर्ण र विश्वकप जितेको थियो ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ। पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो। युरोकपमा पछिल्ला चार संस्करणमा इटलीले लगातार अन्तिम आठको यात्रा गरेको हो ।

इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1