युरोकपमा आज राति १२:४५ बजे बेल्जिय र पोर्चुगलको भिडन्त, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार १३ : युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । दोस्रो खेलमा बेल्जियम र पोर्चुगलबीच राति १२:४५ बजे सेभियामा खेल हुनेछ। यो भिडन्त रोचक हुने अनुमान गरिएको छ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने तयारीकबा साथ मैदानमा उत्रँदै छन्। खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग भेट गर्नेछ।

यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

पोर्चुगल भने समूह ’एफ’ बाट तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो। साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो। पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ। पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *