भारतबिरुद्ध वनडे शिरिज खेल्ने इङ्ल्याण्ड टिमको घोषणा

क्रिकेट

काठमाडौं । मंगलबारदेखि टीम इंडिया बिरुद्ध हुने एकदिवसीय श्रृंखलाको लागि इङ्ल्याण्डले १४ सदस्यीय टोलीको घोषणा गरेको छ। टि-२० शिरिजमा सामेल ज्याक बेल, क्रिस जोर्डन र डेभिड मलानलाई वनडे टिममा पनि निरन्तरता दिएको छ ।

इंग्ल्याण्ड क्रिकेट टिमका स्टार फास्ट बलर जोफ्रा आर्चर, टम करन, ब्याट्सम्यान टेस्टमा उत्कृष्ट ब्याटिङ गरेका जो रुटलगायतका खेलाडीहरु वनडे टोलीमा परेका छैन। आर्चरको दायाँ कुहिनोमा चोट लागेका कारण वानडे श्रृंखलाबाट बाहिरिएका हुन्। उनी उपचारका लागि स्वदेश फर्किने भएका छन्। जोफ्राले आईपिएलका सुरुवाती खेल समेत गुमाउने छन् ।

भारत र इंग्ल्याण्डबीचको वानडे सिरिज २३ मार्चदेखि पुर्णेमा सुरु हुनेछ। यसअघिको टि-२० शिरिज नरेन्द्र मोदी स्टेडियममा भएको थियो । दोस्रो वनडे म्याच २६ र तेस्रो तथा अन्तिम वानडे म्याच २८ तारिकमा हुनेछ। वनडे र टि-२० शिरिजको उपाधि भारतले जितेको थियो ।

इंग्ल्याण्डको वानडे टिम : इयोन मोर्गन (कप्तान), मोईन अली, जोनाथन बेयरस्टो, साम बिलिंग्स, जोस बटलर, साम कुरान, टम कुरन, लिमा लिभिंगस्टोन, म्याट पर्किन्सन, आदिल रशीद, जेसन रॉय, बेन स्टोक्स, रीसी टोपेली, मार्क वुड।

भारतको वानडे टिम : विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमन गिल, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पन्त (विकेटकीपर), केएल राहुल (विकेटकीपर), युजवेन्द्र चहल, कुलदीप यादव, क्रुणाल पांड्या, वासिङ्टन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, मोहम्मद सिराज, प्रशिद्ध कृष्ण र शार्दुल ठाकुर ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *