नेदरल्यान्ड्स भर्सेज चेक रिपब्लिक : ‘हेड टु हेड’मा चेक अगाडी

फुटबल युरो कप

काठमाडौं, असार १३ : युरोकप अन्तर्गत नकआउट चरणको आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक प्रतिस्पर्धा गर्ने छन्। यो खेल राति ९ः४५ बजे हंगेरीको पुस्कास एरिनामा हुनेछ। समूह ’सी’बाट समूह शतप्रतिशत जितसहति अघिल्लो चरणमा प्रवेशगरेको नेदरल्यान्ड्सले ३ खेलबाट ९ अंक जोडेको थियो। पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको भिने समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

उता चेक रिपब्लिक भने समूह डीमा तेस्रो हुँदै तेस्रो हुनेमध्ये उत्कृष्ट बन्दै नकआउट चरणमा पुगेको हो । पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले पराजित गरेको चेकले दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भए पनि चेक भाग्यमानी बनेको हो । चेक रिपब्लिक सन् २०१२ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

आजको खेलको विजेताले आगामी शनिबार डेनमार्कको सामना गर्नेछ। राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४–० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो। नेदरल्यान्ड चेक रिपब्लिकलाई हराउँदै डेनमार्कसँगको भेट पक्का गर्न चाहन्छ। उता चेक रिपब्लिक पनि नेदरल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्छ।

दुवै टिम बीच अहिलेसम्म कुल ११ पटक सामना भएको छ भने जसमा नेदरल्यान्ड्सले ३ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ । त्यस्तै चेक रिपब्लिकले ५ खेल जितेको छ । दुवै टिमबीच पछिल्लो पटक २०१५ मा युरोकप छनौटमा खेल भएको थियो । जसमा दुवै खेलमा चेक रिपब्लिक विजयी भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *