बेल्जियम भर्सेज पोर्चुगल ! ‘हेड टु हेड’मा को बलियो ?

Uncategorized

काठमाडौं : युरोपियन च्याम्पियनसिपअन्तर्गत ‘राउण्ड अफ १६’को दोस्रो खेलमा आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र पोर्चुगल आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ ।

बेल्जियम समूह ‘बी’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। युरोकपमा अपराजित रहेको बेल्जियम सोही लयलाई निरन्तरता दिन चाहन्छ। समूह ‘एफ’को तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेको पोर्चुगल समूह चरणको प्रदर्शनलाई बिर्सिँदै सुखद सुरुवात गर्न चाहन्छ।

बेल्जियमको टिमलाई अहिले गोल्डेन जेनेरेसनको रुपमा हेरिन्छ । तर फिफा वरीयतामा नम्बर वान भएर पनि उसले केही जित्न सकेको छैन । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको बेल्जियमले त्यसका लागि साविक विजेता पोर्चुगललाई पराजित गर्नुपर्नेछ ।

हेड टु हेड

बेल्जियम र पोर्चुगलले १८ पटक एक आपसमा भिडेका छन् । यो उनीहरूको १९ औं खेल हो । यसमापोर्चुगलले ६ खेलमा जित हासिल गर्दा बेल्जियमले पाँचपटक जित हासिल गरेको छ । सात ओटा खेलहरूभने बराबरीमा सकिएका हुन् । बेल्जियमले पोर्चुगललाई १९८९ देखि हराउन सकेको छैन । तर, बेल्जियमले तीनवर्ष अघिको विश्वकपमा शानदार प्रदर्शन गरेको थियो । टिम सेमिफाइनल सम्म पुगेको थियो । पोर्चुगलको भने विश्वकपमा राम्रो प्रदर्शन भइरहेको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0