रोनाल्डोले आज गोल गर्न सके बनाउनेछन् बिश्व किर्तिमान

फुटबल युरो कप

काठमाडौं, असार १३ : युरोकप फुटबलअन्तर्गत अन्तिम १६ को आज हुने दोस्रो खेलमा साविक विजेता पोर्चुगलले बेल्जियको चुनौतीको सामना गदैछ। नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे स्पेनको सेभियामा हुने खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुमाथि सबैको नजर हुनेछ ।

यो खेल क्रिस्टियानो रोनाल्डोका लागि केही विशेष छ । किनभने उनले बेल्जियमविरुद्ध १ गोल गर्न सके भने उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पुरुष खेलाडी बन्नेछन् ।

रोनाल्डोले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै इरानी खेलाडी अली दाइको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । लयमा देखिएका रोनाल्डोलाई रोक्नु बेल्जियमको मुख्य चुनौती हुनेछ । यता बेल्जियमको तर्फबाट लुकाकुले तीन गोल गरेका छन् । बेल्जियमले समूह चरणमा कुलसात गोल गर्दा लुकाकुको योगदान तीन गोल रहेको छ ।

त्यस्तै, समूह चरणमा पोर्चुगलले पनि सातगोल गरेको छ । त्यसमा रोनाल्डोको पाँचगोल रहेको छ । उनको तीनगोल पेनाल्टीमा आएको हो । अर्कोदुई गोल भने उत्कृष्ट गोलमा पर्छन् । उनी प्रतियोगितामा पाँच गोल गरेर गोल्डेन बुट उपाधि जित्न पनि अग्रसर छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0