नेदरल्यान्ड्स भर्सेज चेक रिपब्लिक ! पहिलो हाफ गोलरहित बराबरी

फुटबल

काठमाडौं, असार १३ : युरोकप अन्तर्गत नकआउट चरणको आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा भइरहेको छ । पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

हंगेरीमा भइरहेको खेमा दुवै टोलीले पहिलो हाफमा पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । आजको खेलमा दुवै टोली जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा रहेका छन् । आजको खेलको विजेताले आगामी शनिबार डेनमार्कको सामना गर्नेछ।

राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४–० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो। नेदरल्यान्ड चेक रिपब्लिकलाई हराउँदै डेनमार्कसँगको भेट पक्का गर्न चाहन्छ। उता चेक रिपब्लिक पनि नेदरल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *