नेदरल्याण्डलाई २-० ले हराउँदै चेक रिपब्लिक युरोकपको क्वार्टरफाइनलमा प्रवेश

फुटबल युरो कप

काठमाडौं : नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

चेक रिपब्लिकका लागि टोमस होलेस र प्याट्रिक सिकले एक/एक गाेल गरे। ६८औं मिनेटमा चेक रिपब्लिकले होलेसको गोलमा अग्रता लियो। कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत् सहजै गोल गरे।

८० मिनेटमा चेकले अग्रता दोब्बर पार्‍यो। उसका लागि प्याट्रिक शिकले दोस्रो गोल गरे। होल्सले दिएको उत्कृष्ट पासमा शिकले दोस्रो गोल गरेका हुन्। ५५औं मिनेटमा टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए।

चेक टोलीले अब क्‍वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि-क्‍वार्टरफाइनलमा वेल्सलाई ४-० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0