बराबरीमा रोकिए ब्राजिल र इक्वेडर, दुवै टिम क्वार्टर फाइनलमा प्रवेश

कोपा अमेरिका फुटबल

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सोमबार बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा ब्राजिललाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको हो ।

ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

५३ औँ मिनेटमा इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गर्दै एन्जल मिनाले इक्वेडरलाई बराबरीमा ल्याएपछि ब्राजिल अंक बाँड्न बाध्य बनेको हो । बराबरीपछि ब्राजिल समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो। ब्राजिलको ४ खेलमा १० अंक छ। समान चार खेलमा ३ अंक जोडेको इक्वेडर चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको हो।

समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको छ। हारसँगै भेनेजुएला समूह चरणबाट बाहिरियो। पेरु भने समूहमा दोस्रो हुँदै अन्तिम आठमा पुगेको।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0