म शतकको लागि खेल्दिन : कोहली

क्रिकेट

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले लामो समयदेखि शतक बनाउन सकेका छैनन्। उनले २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम पटक शतक लगाएका थिए । त्यसबेलादेखि अहिलेसम्म कोहली ४३ इनिङमा शतक बनाउन सकेका छैनन्। पछिल्लोपटक सन् २०१९ मा अस्ट्रेलिया विरुद्धको एकदिवसीय खेलमा शतक हानेका थिए ।

इङ्ल्याण्डबिरुद्धको दोस्रो वनडेमा कोहलीले शानदार सुरुवात गरेका थिए । तर उनि ६६ रन बनाउँदै पेभेलियन फर्किए । यससँगै फेरि एकपछटक कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ औं शतक बनाउने अवसर गुमाए। तर बिराट कोहली यसबाट निराश छैनन्। उनी भन्छन् कि म कहिल्यै शतकको लागि खेल्दिन ।

म शतकको लागि खेल्दिन – कोहली

खेलपछि कोहलीले यस बारे भनेका थिए, “मैले जीवनमा शतकको लागि कहिल्यै खेलेको छैन र त्यसैले गर्दा पनि मैले यति छोटो समयमा यति धेरै शतकहरू पनि लगाएको हो। मेरो लागि टीमको जित बढी महत्त्वपूर्ण छ। यदि मैले शतक बनाएँ र टिम पराजित भयो भने यसको केहि मतलब नै हुन्न । “

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0