युरोकपमा आज स्पेन र क्रोएसिया तथा फ्रान्सल र स्विट्जरल्यान्ड भिड्दै, कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं, असार १४ : जारी युरोकप अन्तर्गत आज (सोमबार) नकआउट चरणका दुई खेल हुँदै छन्। नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपनहेगनमा हुने पहिलो खेलमा क्रोएसिया र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको स्पेनले क्रोएसियालाई जित्ने दाउमा छ । यसअघि स्पेनले स्लोभाकियालाई फराकिलो अन्तरले हराएको थियो भने स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो ।

समूह ’डी’ बाट अन्तिम १६ मा स्थान पक्का गरेको क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो।पहिलो खेलमा इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगेको थियो।

यस्तै नेपाल समय अनुसार राति पौने १ बजे रोमानियाको नेसनल एरिनामा फ्रान्स र स्विट्जरल्यान्ड निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन्। साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आज हुने खेलहरु

क्रोएसिया विरुद्ध स्पेन
समय : राति ९:४५ बजे
कहाँ : कोपेनहेगन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
समय : राति १२:४५ बजे
कहाँ : बुखारेस्ट

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0