युरोकपमा आज ९:४५ बजे स्पेन र क्रोएसिया भिड्ने, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार १४ : युरो कप फुटबलमा आज पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल डेनमार्कको कोपनहेगनमा नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने योजनामा हुने छ ।

विश्वकप फुटबल २०१८ को उपविजेता टोली क्रोएसिया आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । समूह ‘ई’ का पहिला दुई खेलमा क्रमशः स्विडेन र पोल्यान्डसँग अंक बाँडेको स्पेनले पनि अन्तिम खेलमा स्लोभाकियामाथि रबाफिलो जितका साथ समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको थियो।

यता क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो।

क्रोएसिया महत्वपूर्ण खेलाडी विरामी भएपछि संकटमा छ। इभान पेरिसिच र डेजान लोव्रेनले स्पेनविरुद्धको खेल गुमाउने छन्। पेरिसिचले दुई गोल गरेका छन् भने एक गोलमा असिस्ट गरेका छन्। उनिहरुको अनुपस्थितीमा लुका मोड्रिचमाथी थप जिम्मेवारी बढेको छ।

यी २३ वर्षीय खेलाडी प्रशिक्षक लुइस एनरिकेको नयाँ स्वरूपको स्पेनी टिमका मुख्य खेलाडीमध्ये एक हुन्। क्रोएसियाको सामना गर्दा उनको एउटा थप भूमिका हुनेछ, आफ्नो प्रशिक्षकलाई विपक्षी टिमको गोप्य तथ्य जानकारी गराउने। यता, स्पेनले कप्तान सर्जियो बुस्केट्सको साथ नियमित पाउनेछ। अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका पाब्लो सराबियाले आफ्नो स्थान राख्ने पक्का जस्तै छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *