स्पेन भर्सेज क्रोएसिया ! ‘हेड टु हेड’मा को बलियो ?

फुटबल युरो कप

काठमाडौं, असार १४ : युरोकप २०२० मा आज हुने पहिलो खेलमा क्रोएसिया र स्पेन आमने सामने हुनेछन्। डेनमार्कस्थित पार्केन स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

हालसम्म स्पेन र क्रोएसियाले ८ खेलमा प्रतिस्पर्धा गरेका छन् । स्पेन ४ खेलमा र क्रोएसिया ३ खेलमा विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ । स्पेन र क्रोएसियाले पहिलोपटक सन् १९९४ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेल क्रोएसियाले २-० ले आफ्नो पक्षमा पार्याे ।

क्रोएसिया र स्पेन युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन्। नकआउट चरणमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन्। सन् २०१२ को युरोमा स्पेनले क्रोएसियालाई समूह चरणमा पराजित गरेको थियो। चार वर्षपछि क्रोएसियाले स्पेनलाई हराएको थियो।

यस्तै, यूईएफए नेशन्स लिगअन्तर्गत सन् २०१८ मा भएको खेलमा दुवैले एक/एक खेल जितेका थिए। स्पेनले क्रोएसियालाई घरेलु मैदान ६-० ले हराएको थियो भने क्रोएसिया आफ्नो मैदानमा ३-२ ले विजयी भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *