फ्रान्स भर्सेज स्वीजरल्याण्ड ! ‘हेड ट हेड’मा फ्रान्स बलियो

फुटबल युरो कप

काठमाडौं, असार १४ : १६ औं संस्करणको युरोकप फुटबलमा आजै राति हुने दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन्। रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने योजनामा छन् ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो। स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो। समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो।

समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल अन्तरले हराएको थियो। फ्रान्स स्विजरल्यान्ड्सभन्दा तुलनात्मक रुपमा बलियो टोली हो । आजको खेलमा जित निकाल्दै दुबै टोली वाटरफाइनलमा पुग्न चाहन्छन् ।

फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले हालसम्म जित हात पार्न सकेको छैन। यी दुई टोलीबीच ७ पटक प्रतिस्पर्धा भएकामा फ्रान्सले तीन जित र ४ बराबरीको नतिजा निकालेको छ। अन्तिमपटक फ्रान्स र स्वीट्जरल्यान्ड सन् २०१६ को युरोकपमा भिडेका थिए जुन गोलरहित बराबरीमा सकिएको थियो। स्विट्जरल्यान्ड सन् २०१४ र २०१८ को विश्वकप तथा २०१६ को युरोकपमा प्रिक्वाटरफाइनल पुगेको थियो तर त्यहाँभन्दा अगाडि बढ्न सकेको थिएन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0