कोपा अमेरिकामा भोलि बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै, कसले जित्ला खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं : कोपा अमेरिका अन्तर्गत भोली विहान हुने खेलमा अर्जेन्टिनाले बोलिभियाको सामना गर्दै छ । खेल नेपाली समयअनुसार बिहान पौन ६ बजे एरिन पान्टानल फुटबल मैदानमा हुनेछ ।

अंक तालिकामा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ। समूहबाट अन्तिम आठमा पुग्ने चारै टिमको टुंगो लागिसकेको अवस्था छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले अन्तिम आठमा स्थान पक्का गरेका छन्। बोलिभिया भने बाहिरिएको छ।

समूह चरणबाटै बाहिरिएको बोलिभिया अर्जेन्टिनालाई हराउँदै पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ । उसलाई जित निकाल्न भने त्यति सहज हुने छैन । अर्जेन्टिना र बोलिभियाले हालसम्म ४० खेलमा एक अर्काको सामना गरेका छन् ।

अर्जेन्टिनाले २८ र बोलिभियाले ७ खेल आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । मंगलबार नै हुने अर्को खेलमा उरुग्वेले पाराग्वेको सामना गर्नेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1