अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको मृत्यु

समाचार

मुम्बई : अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको मृत्यु भएको छ । ५९ वर्षीय हृदयघातका कारण मुम्बईमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् । अहिले मुम्बईमा बसेर यूएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्री गर्दै आएका थिए ।

ब्याट्सम्यान जोन्सले १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलबाट उनले क्रिकेट खेलेका थिए । अस्ट्रलियाको राष्ट्रिय टोलीले खेलेका ५२ टेस्ट र १६४ एकदिवसीयमा जोन्स सहभागी थिए ।

यस क्रममा उनले टेस्टतर्फ ८९ इनिङमा ब्याटिङ गर्दा ३६३१ र एकदिवसीय प्रतियोगिताका १६१ इनिङमा ६०६८ रन जोडेका थिए । उनी पछिल्लो समय क्रिकेट कमेन्ट्रीमा निकै रुचाइएका व्यक्ति थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0