भारतविरुद्ध जोनी बेयरस्टोले बनाए गजबका किर्तिमानहरु

क्रिकेट

काठमाडौं, १३ चैत : भारत र इंग्ल्यान्डबीच एकदिवसीय सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको जित निकालेको छ। शुक्रबार भारतले दिएको ३३७ रनको लक्ष्य इंग्ल्यान्डले ४३.३ ओभरमै ४ विकेट गुमाएर पार गर्‍यो।

इंग्ल्यान्डको जितमा बेयरस्टोले १२४ रनको शतकीय पारी खेले। उनले ११२ बलमा ११ चौका र ७ छक्का हिर्काए। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बेयरिस्टोको यो ११औँ शतक हो । अघिल्लो खेलमा उनी ९४ रनमा आउट भएका थिए । यो सँगै उनि इंग्ल्याण्डको लागि वनडेमा सर्वाधिक शतक बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा पुगेका छन् ।

इंग्ल्याण्डको लागि वनडेमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान

जो रूट – १६ शतक
इयोन मोर्गन – १३ शतक
मार्कस ट्रेस्कोथिक – १२ शतक
जोनी बेयरस्टो – ११ शतक

बेयरस्टोले तोडे विराट कोहलीको रेकर्ड

एकदिवसीय क्रिकेटमा, जोनी बेयरस्टोले ११ शतक पूरा गर्न ७८ इनिङ खेल्दै विराट कोहलीलाई पछाडि पारे । कोहलीले एकदिवसीय खेलमा ८२ इनिंगमा ११ शतक बनाएका थिए भने हाशिम अमला यो लिस्टमा पहिलो स्थानमा छन्। उनले आफ्नो ६४ औं पारीमा यो अद्भुत प्रदर्शन गरे।

वनडेमा सबैभन्दा कम इनिङमा १०० शतक पूरा गरेका ब्याट्सम्यान

६४ इनिंग – हाशिम अमला
६५ इनिंग – क्विन्टन डिकॉक
७१ इनिंग – बाबर आजम
७८ इनिंग – जोनी बेयरस्टो
८२ – विराट कोहली

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0