मेसीको उत्कृष्ट प्रदर्शनमा बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

कोपा अमेरिका फुटबल

काठमाडौं, असार १५ : लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ। अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ। एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

कप्तान लियोन मेसीले ३२ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। मेसीले नै ४१ औँ मिनेटमा अर्जेन्टिनाका लागि तेस्रो गोल गरे । खेलको ६०औं मिनेटमा इर्विन सावेद्राको गोलको मद्दतले बोलिभिया खेलमा फर्कन खोजे पनि पर्याप्त बनेन। खेलको ६५औं मिनेटमै मार्टिनेजले गोल गर्दै खेल ४–१को स्थितिमा पुर्याए। त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन।

यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह विजेता बन्यो। अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो। बोलिभिया भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ। अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ ।

अर्को खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह उपविजेता बन्यो । यस्तै पाराग्वे तेस्रो तथा चिली चौथो बन्दै क्वाटरफाइनल पुगे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *