एमबाप्पेले पेनाल्टी मिस गर्दा फ्रान्स युरोकपबाट बाहिरियो

फुटबल युरो कप

काठमाडौं, असार १५ : फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ। मंगलबार विहान सकिएको खेलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे। स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । टाइब्रेकरमा स्विट्जरल्यान्डका लागि मारियो गाभ्रानोभिच, अकान्जी म्यानुएल, फाबियन, एडमिर मेहमेदी र रुबेन भेर्गासले गोल गरे ।

फ्रान्सका पउल पोग्बा, ओलिभर जिरुड, प्रेसनल किम्पेम्बे र मार्कुस थुरामले गोल गर्दा पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन्। उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए। जससँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भयो।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1