कोपा अमेरिकाको क्वाटरफाईनलको समिकरण पुरा, कुन कुन टिम भिड्दैछन् ?

कोपा अमेरिका फुटबल

काठमाडौं, असार १५ : मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। समूह एबाट अर्जेन्टिनासँगै उरुग्वे, पाराग्वे र चिली पनि क्वाटरफाइनलमा छनोट भएका छन् ।

समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् । समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला बाहिरिएका हुन् ।

अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।

समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।

अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ । यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।

नेपाली समय अनुसार क्वाटरफाइनलका खेलहरु

असार १९ गते

पेरु भर्सेज पाराग्वे ( बिहान : पौने तिन बजे )
ब्राजिल भर्सेज चिली ( बिहान : पौने ६ बजे )

असार २० गते

उरुग्वे भर्सेज कोलम्बिया ( बिहान : पौने चार बजे )
अर्जेन्टिना भर्सेज इक्वेइडर ( बिहान : पौने सात बजे )

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
2
+1
2
+1
7
+1
2
+1
0