मेसीले बनाए नयाँ कीर्तिमान

कोपा अमेरिका फुटबल

काठमाडौं : कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले पराजित गरेको छ । बेलिभियाविरुद्ध मैदान उत्रिँदै उनले अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान आफ्नो नाममा गराएका छन् । मेसीको यो करियरको १ सय ४८ औं खेल हो ।

सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले मेसीले राष्ट्रिय टिमका पूर्व डिफेन्डर जाभियर मासेरानोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका हुन् । मासेरानोले सन् २००३ देखि २०१८ सम्म अर्जेन्टिनाका लागि १४७ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोलसमेत गरेका छन् ।

यो खेल मेसीका लागि किर्तिमानमात्रै नभएर उत्कृष्ट प्रदर्शनका हिसाबले पनि यो खेल संझनलायक बन्यो । बोलिभियाविरुद्ध अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
Tagged