किरण चेम्जोङलाई गोलकिपर अफ दि सिजन अवार्ड

फुटबल

काठमाडौं : नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङले ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड जितेका छन् । लिगकै उत्कृष्ट गोलरक्षक घोषित किरणलाई समर्थकले पनि उत्कृष्ट गोलरक्षक चुनेका हुन् ।

भारतको शीर्ष डिभिजन लिग आई लिगले सोमबार किरणले ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड प्राप्त गरेको जानकारी दिएको हो । उनले गत सिजन राउन्डग्लास पञ्जाब एफसीबाट लिग खेलेका थिए ।

किरणले पन्जाबका लागि कूल १४ खेल खेल्दा ७ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले ५६ सट रोकेका थिए । किरण आइ लिगमा उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए । जसबापत उनले २ लाख ५० हजार पुरस्कार समेत पाएका थिए ।

समर्थकको नजरमा आई लिगको उत्कृष्ट गोलकिपर चुनिएपछि किरणले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । समर्थक विना आफ्नो यात्रा शून्य रहने उल्लेख गर्दै किरणले आफू सधै समर्थकको साथले सफल भएको जनाएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0