युरोकपमा आज जर्मनी र इङ्ल्याण्डबिच महाभिडन्त ! कसले जित्ला त ?

फुटबल युरो कप

काठमाडौं, असार १५ : युरोकप फुटबलअन्तर्गत आज अन्तिम १६ को अन्तिम २ खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। वेम्बली रंगशाला इंग्ल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ।

समूह चरणमा जर्मनी ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। समूह चरणमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनीले पोर्चुगललाई हराएको थियो भने हंगरीसँग बराबरी खेल्दै ४ अंक जोडेको थियो।

यस्तै समूह चरणमा जर्मनी ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। समूह चरणमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनीले पोर्चुगललाई हराएको थियो भने हंगरीसँग बराबरी खेल्दै ४ अंक जोडेको थियो।

यी दुई टोलीबीच हालसम्म ३२ पटक प्रतिस्पर्धा भएको छ। जसमा जर्मनीले १५ पटक जितेको छ भने इंग्ल्यान्डले १३ खेल जितेको छ। दुई टोलीबीचको ४ खेल बराबरीमा सकिएको छ।

त्यस्तै आजै राति हुने अर्को खेलमा स्वीडेन र युक्रेन आमने सामने हुनेछन्। खेल राति पौने १ बजे स्कटल्याण्डको हम्पडेन पार्कमा सुरु हुनेछ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *