टी-२० विश्वकप क्रिकेट ओमान र यूएईमा हुने पक्का

क्रिकेट

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० विश्वकप अब युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमनमा गर्ने भएको छ। कोरोना महामारीका कारण प्रतियोगिता भारतमा गर्न नसकिए पनि आयोजक भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई नै रहने आईसीसीले आज सूचना जारी गरेर जनाएको छ।

टी–२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने आईसीसीले जनाएको छ । १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय रंगशाला, आबुधाबीको द शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछ।

यसअघि प्रतियोगिता भारतमा हुने भनिए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना महामारीका कारण आफूले प्रतियोगिता आयोजना गर्न नसक्ने भन्दै युएईमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पत्राचार गरेको थियो ।

आठ टिमबीचको पहिलो राउण्डको खेल ओमान र यूएईमा हुनेछ । जसबाट शीर्ष चार टोली सुपर १२ मा प्रवेश गर्नेछन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी, ओमान र नाबियाले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0