थ्री नेसन्स कपको उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश, फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

फुटबल

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको उपाधि भिडन्तमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने उपाधि भिडन्तमा घरेलु टोली नेपालले बंगलादेशको सामना गर्नेछ । आज दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुबै टोलीले उपाधि रक्षाका लागि खेल्ने बताईसकेका छन् ।

आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टोलीको मूख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् ।

नेपाल प्रतियोगितामा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

बंगलादेश र नेपालबीच हुने थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जानुहुने भएको छ ।

आज साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित सुवास नेम्वाङ लगायतका नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला जानुभएको थियो ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर्स : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फर्वार्ड्स् : अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0