एमबाप्पेले भने : ‘पेनाल्टी गुमाएकोमा म माफी माग्छु’

फुटबल युरो कप

काठमाडौं, असार १५ : स्टिजरल्यान्डविरुद्ध युरोकपको खेलमा पेनाल्टीबाट गोल गर्न चुकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले प्रशंसकहरूसँग माफी मागेका छन् । एमबाप्पेको पेनाल्टी प्रहारलाई स्विस गोलरक्षक यान सोमेरले बचाउ गरेपछि फ्रान्सले खेल ५-४ ले गुमाएको थियो ।

‘ पेनाल्टी गुमाएकोमा म माफी माग्छु। म टिमलाई सहयोग गर्न चाहन्थें तर म फेल भएँ ।’ एमबाप्पेले यसबाट फ्यानहरुलाई निराश बनाए पनि उनीहरुको समर्थनका लागि आभार व्यक्त गरे । ‘फ्यानहरुलाई निराश बनाएका छौं । तर तपाईंहरुको समर्थन र हामीप्रति देखाएको विश्वासका लागि धन्यवाद ।’

‘खेलमा हार जित सामान्य कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा हारबाट पाठ सिक्नु हो’ हामी अझै मजबुद बनेर फर्कने छौँ । विजेता स्विस टिमलाई धेरै धेरै धन्यवाद र सफलताको कामना’, एमबाप्पेले थपे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0