जर्मनीलाई स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

फुटबल युरो कप

काठमाडौं : जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

इंग्ल्याण्डकाे जितमा रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले एक-एक गाेल गरे। दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल पहिलाे हाफ बराबरीमा नै सिमित रहेकाे थियाे। स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले खेलमा पहिले अग्रता लियो। लुक शाले दिएको पासमा उनले गोल गरेका थिए।

यस्तै, ८६औं मिनेटमा कप्तान ह्यारी केनले गाेल गर्दै २–० काे जित पक्का गरे। लुक शले मिडफिल्डर सर्गी गनाब्रीबाट बल खोस्दै वैकल्पिक खेलाडी ज्याक ग्रिलिसलाई दिएका थिए। उनकाे क्रसमा केनले डाइभिङ हेड गोल गरे। याे उनकाे जारी युरोकपमा पहिलो गोल हाे।

जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ । इङ्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेन क्वाटरफाईनलमा पुगेको हो ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *