१० खेलाडीमा सिमित स्विडेन पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

फुटबल युरो कप

काठमाडौं, असार १६ : १० खेलाडीमा सिमित स्विडेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेन क्वाटरफाईनलमा पुगेको हो ।

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७औं मिनेटमा ओलेक्स्यान्डर जिनचेन्को गोलमा युक्रेनले अग्रता बनाएको थियो। तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको पहिलो हाफमा मार्कस् डेनिल्सन रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित स्विडेन केह दबाबमा पर्‍यो । खेलको अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे।

जितसँगै अन्तिम ८ मा पुगेको युक्रेनले सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ । इङ्ल्यान्ड जर्मनीलाई २-० को नतिजामा पराजित गर्दै क्‍वार्टरफाइनलमा पुगेको हो ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0