युरोकपको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन देश भिड्दैछन् ? कसको भिडन्त कहिले ?

फुटबल युरो कप

काठमाडौं,असार १६ : बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै युरोकप फुटबलको १६ औं संस्करणको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । कुल २४ राष्ट्र सम्मिलित यस प्रतियोगितामा समूह चरणका खेल अन्त्य हुँदा ८ राष्ट्र बाहिरिए। त्यस्तै अन्तिम १६ का खेल सकिँदा अर्को ८ राष्ट्र प्रतियोगिताबाट बहिरिसकेका छन्।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्। डिफेन्डिङ च्याम्पियन पोर्चुगल, रनर अप फ्रान्स, तीन पटकको च्याम्पियन जर्मनी र नेदरल्यान्ड्स भने राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त ? क्वाटरफाइनल तालिका

  • स्विट्जरल्यान्ड भर्सेस स्पेन – शुक्रबार राति ९:४५ बजे – सेन्ट पिटर्गवर्ग
  • बेल्जियम भर्सेस इटाली – शुक्रबार राति १२:४५ बजे – म्युनिख
  • चेक गणतन्त्र भर्सेस डेनमार्क – शनिबार राति ९:४५ बजे – बाकु
  • युक्रेन भर्सेस इंग्ल्यान्ड – शनिबार राति १२:४५ बजे – रोम
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
1