परिवारसँग समय बिताउन हैजलउडले आईपिएलबाट नाम फिर्ता लिए

क्रिकेट

एजेन्सी : धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङसलाई इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुनु भन्दा अगाडि नै ठुलो झड्का लागेको छ । उसको टिमको महत्वपुर्ण खेलाडी अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् ।

आफ्नो परिवारसँग समय बिताउन चाहेकाले उनले आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका हुन् । हेजलवुडले क्रिकेट अष्ट्रेलियालाई दिएको एक अन्तर्वार्तामा यसको आईपीएलबाट फिर्ताको बारेमा जानकारी दिएका हुन् । उनले भने, म पछिल्लो १० महिना देखि बायो बबलमा छु। यस्तो अवस्थामा म अब क्रिकेटबाट ब्रेक लिन चाहन्छु। वास्तवमा, अब म आफ्नो परिवारसँग केहि समय बिताउन चाहन्छु। अब म यहाँ अर्को दुई महिना अष्ट्रेलियामा मै रहनेछु ।

हेजलवुडले भने, “अब हामी वेस्टइन्डिज र बंगलादेशको भ्रमणमा जानु पर्छ। र त्यसपछि टी २० विश्व कप र त्यसपछि एशेस श्रृंखला। यसको मतलब यो छ कि अर्को एक बर्ष धेरै व्यस्त हुन गइरहेको छ। यसैले मैले आईपीएल २०२१ बाट अलग हुने निर्णय गरेको छु। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईबाट हेजलवुडले गतवर्ष तीन खेल खेलेका थिए ।

हेजलवुड आईपीएलबाट फिर्ता लिने तेस्रो अष्ट्रेलियाली खेलाडी बनेका छन्। यसअघि आरसीबीका जोश फिलिप र सनराइजर्स हैदराबादको मिचेल मार्शले नाम फिर्ता लिएका थिए। आइपिएल २०२१ अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0