नेपाली समय अनुसार हेर्नुस युरोकप क्वार्टरफाइनलको खेल तालिका

फुटबल युरो कप

काठमाडौं,असार १६ : गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै युरोपकमा क्वाटरफाइनल प्रवेश गर्ने टोलीको टुंगो लागेको छ। अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्।

साविक विजेता पोर्चुगलसँगै फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सजस्ता उपाधि दाबेदार देशभने अन्तिम १६ बाटै बाहिरिएका छन्। अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

नेपाली समय अनुसार हेर्नुस युरोकप क्वार्टरफाइनलको खेल तालिका

शुक्रबार राति ९ः४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ः४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ः४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ः४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

सेमिफाइनल र फाइनल

सेमिफाइनल खेलहरु ६ जुलाईदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनल ६ जुलाई राति १२ः४५ बजे र दोस्रो खेल ७ जुलाई राति १२ः४५ बजे हुनेछ । फाइनल खेल ११ जुलाई राति १२ः४५ बजे हुनेछ । ११ देशका ११ शहरमा २४ टोली सहभागी भएर जारी युरोकप शुरू भएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
3
+1
7
+1
1
+1
1